बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा कोरोना खोप लगाउने मिति तय, यस्तो छ तयारी

नेपालमा कोरोना खोप लगाउने मिति तय, यस्तो छ तयारी

  • मिडिया डबली
  • आइतवार, माघ ११ २०७७

  • 4.0K
    SHARES

  • नेपालमा कोरोना खोप लगाउने मिति तय, यस्तो छ तयारी

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल कोरोना संक्रमणविरुद्ध खोप लगाउने मिति तय गरेको छ ।

    आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि ७ वटै प्रदेशका लागि संयोजक तोकेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएका छन् ।

    १ नम्बर प्रदेशमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, २ नम्बर प्रदेशमा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम संयोजक तोकिएका छन् ।

    लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजक तोकिएको छ ।

    भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप लगाउन ७ वटै प्रदेशमा सोमवारसम्म पठाइसक्ने तयारी गरिएको छ । करीब ३०० अस्पतालबाट खोप लगाउने बताइएको छ ।

    भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा कोरोनाविरुद्धको खोप गत बिहीवार नेपाल भित्रिएको थियो । अहिले सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ ।

    अनुदानमा आएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सफाइ कर्मचारी, शव व्यवस्थापकलाई लगाइने मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप नेपाल भित्रिएको १ हप्ताभित्र लगाउने योजना रहेको बताए । गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ गरिने बताएका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend