शनिवार, माघ ३ २०७७Jan 16 2021

Logo
images
images
images
images

नेपालमा कहिले आइपुग्छ कोरोनाको खोप ? चमत्कार हुने मन्त्रीको यस्तो जवाफ

नेपालमा कहिले आइपुग्छ कोरोनाको खोप ? चमत्कार हुने मन्त्रीको यस्तो जवाफ

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 357
    SHARES

  • नेपालमा कहिले आइपुग्छ कोरोनाको खोप ? चमत्कार हुने मन्त्रीको यस्तो जवाफ

    काठमाडौं – कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने तयारी सरकारले गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानूनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको छ ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार २ देखि ८ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमता सहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना विरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ । यसपालि पनि फागुन चामत्कारिक होला भनेर आशा गरौं ।’

    सरकारले खोप लगाउन स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका र दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । खोप प्राविधिक प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धतालगायतका विषय उल्लेख छन् ।
    स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ । खोप समयमै आउँछ ।’

    उनले सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकता दिने भन्दै खोप आयातका लागि आन्तरिक तयारी धेरै अघि बढिसकेको बताएका छन् । आफूले रुस, भारत र अरबका राजदूतसँग खोप प्राप्तिका सन्दर्भमा कुरा गरेको उनले बताए । ‘खोप प्राप्तिका लागि सरकार गम्भीर छ । सरकारले आफ्ना हरेक च्यानल र सम्भावनालाई अघि बढाइरहेको छ,’ उनले भने ।

    कोभ्याक्समार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप प्राप्तिको सुनिश्चितता करीब–करीब भइसकेको बताएका छन् । निजी क्षेत्रलाई खरिद प्रक्रियामा सामेल गराइने भन्दै सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकतामा राखिएको बताए । ‘कोभ्याक्समाथि मात्रै हामी निर्भर छैनौं । उसले दिनुभन्दा अघि अरू खोप आउँछ । तत्तत् देशको सरकारको सहयोग लिएर अघि बढिरहेका छौं,’ उनले भने ।

    खोप कोषमा जम्मा गर्न विदेशी दातृ संस्थाहरूलाई आग्रह गर्ने तयारी थालिएको छ । खोप कोषमा अर्थ मन्त्रालयबाट ५० करोड रुपैयाँ निकासा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म खोप सन्दर्भमा तत्कालीन काम गर्न ६८ करोड रुपैयाँ बजेट रहेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताएका छन् । दक्षिण एसियामा खोप प्राप्तिका लागि नेपाल पछि नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले प्राप्त भएको खोप निःशुल्क लगाउने जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०९:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology