शनिवार, माघ १० २०७७Jan 23 2021

Logo
images
images
images
images

आज शनिवार पनि बैंक खुलै राख्न देशभर निर्देशन

आज शनिवार पनि बैंक खुलै राख्न देशभर निर्देशन

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 822
    SHARES

  • आज शनिवार पनि बैंक खुलै राख्न देशभर निर्देशन

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शनिवार पनि बैंक खुला राख्न निर्देशन दिएको छ ।

    चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिवारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएको हो ।

    images
    images

    राष्ट्र बैंकको निर्देशनपछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर शनिवार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रवार नै सूचना प्रकाशित गरेर शनिवार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

    कोरोना महामारीका कारण चालू आवको बितेका ५ महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिवारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको छ ।

    राष्ट्र बैंकको यस्तो निर्देशनले राजस्व बुझाउनेलाई केही सहज हुने अपेक्षा गरिएको छ । उनीहरूले राष्ट्र बैंकको यो काम राम्रो भएको बताएका छन् ।

    यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गरी सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्क सम्बन्धी पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा बापतको शुल्न लिन पाउने नयाँ व्यवस्था गरेको छ ।

    विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजरनेम र पासवर्ड हराएको वा बिर्सिएमा आफैं प्राप्त गरी सेवा पुनः सञ्चालन गर्न सक्ने व्यवस्था समेत गरेको राष्ट्र बैंकले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १७ २०७७०८:२२:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology