काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो वर्ष विद्युत् चुहावट बढेको स्वीकार गरेका छन् । उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले यस्तो स्वीकार गरेका हुन् । शाक्यले प्रणालीगत रुपमा हुने चुहावट र विद्युत चोरी समेत अघिल्लो वर्षभन्दा यो वर्ष बढेको जानकारी दिए ।
उनका अनुसार यो वर्षको मंसिर महिनासम्म समग्र विद्युत् चुहावट करिब डेढ प्रतिशतले बढेको छ । यसरी चुहावट बढ्नुमा टेक्निकल र नन–टेक्निकल समेत गरी दुवै प्रकारका चुहावटले काम गरेको उनले बताए ।
कोभिड–१९ का कारण कर्मचारी कम भएको तथा कर्मचारीलाई सकेसम्म घरपायक पारिदिँदा उनीहरुले चुहावट नियन्त्रण प्रभावकारी रुपमा गर्न नसकेका कारण यस्तो चहावट बढेको हुनसक्ने उनले बताए । अबको ६ महिनामा यसलाई सुधार गरेर समग्र चुहावट अघिल्लो वर्षभन्दा माथि जान नदिने उद्देश्य आफ्नो रहेको समेत शाक्यले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।