मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

यस वर्षको एसईई जेठमा हुने

यस वर्षको एसईई जेठमा हुने

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 1.9K
    SHARES

  • यस वर्षको एसईई जेठमा हुने

    काठमाडौं – यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुुरू गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हालसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिए ।

    चैतरवैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असाररसाउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उनले बताए । सरकारले यस पटक शैक्षिक सत्र कहिले शुुरू हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन ।

    images

    विगतमा वैशाखमा शैक्षिक सत्र शुुरू भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्र समेत यकिन हुन सकेको छैन । वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ ।

    हाल कतिपय विद्यालयमा भौतिक रूपमा समेत कक्षा सञ्चालनमा ल्याइएको छ तर शैक्षिक सत्रको यकिन भने गरिएको छैन । शैक्षिक सत्रको निर्णय गरिदिन आफूहरूले सरकारलाई अनुरोध गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष पौडेलले त्यसपछि सबै निर्णय गरिने बताए । त्यसअघि परीक्षाको तयारीका लागि रजिस्ट्रेसन फाराम भर्नेलगायतका कार्य शुरू गरिएको छ ।

    माघ तेस्रो सातासम्म फाराम भर्न समय दिइएको छ । यसबाट एसईई दिनेको वास्तविक तथ्यांक यकिन भई परीक्षाका बारेमा थप निर्णय गर्न सहज हुने जनाइएको छ । एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने भएकाले पनि त्यसका लागि समेत बोर्डले वास्तविक विद्यार्थीको तथ्यांक उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

    बोर्डले यस पटकको परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने कुराको स्पष्ट निर्णय गर्न सकेको छैन । विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने जनाइएको खबर गोरखापत्रमा छ। विद्यार्थीको परीक्षा भौतिक उपस्थिति, अनलाइन या कुन माध्यमबाट सञ्चालन गर्ने भन्ने कुराको नीतिगत निर्णय र आवश्यक तयारी समेत गर्न आवश्यक समय रहेको उनको भनाइ छ ।

    कोरोना भाइरसको संक्रमणका कारण २०७६ सालको एसईई भने विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३१ २०७८०९:१४:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology