बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

माओवादीले गर्‍यो विद्रोही विप्लवसँग पार्टी एकता गर्ने निर्णय, ओली सरकारलाई तनाव

माओवादीले गर्‍यो विद्रोही विप्लवसँग पार्टी एकता गर्ने निर्णय, ओली सरकारलाई तनाव

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 7.3K
    SHARES

  • माओवादीले गर्‍यो विद्रोही विप्लवसँग पार्टी एकता गर्ने निर्णय, ओली सरकारलाई तनाव

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा पुनर्गठित नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेको छ । 

    हालै बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको नेता गोपाल किरातीले जानकारी दिए ।

    ‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको छ,’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’ ओली सरकारले विप्लवको शक्ति घटाउँदै परास्त गर्ने रणनीति लिएका बेला अर्काे पार्टी नै एकीकरण हुने भएपछि सरकारलाई तनाव हुने भएको छ । कुनै बेला विप्लवकै सहयोद्धा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवलाई परास्त गर्न विभिन्न योजना बनाइरहेका छन् ।

    पार्टी एकताका लागि आफूहरूले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताएका छन् । विप्लवसँग एकता गर्ने पार्टीले निर्णय गरेपछि आफ्नो पार्टीका केही नेताहरू डराएर हिँडेको र अलग्गै समूह बनाएको समेत किरातीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०९:२३:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend