आइतवार, माघ ११ २०७७Jan 24 2021

Logo
images
images
images
images
राजनीतिक विशेष

कांग्रेस नेतृत्वमा सरकार बन्न सक्ने भविष्यवाणी गर्ने को हुन् ?

कांग्रेस नेतृत्वमा सरकार बन्न सक्ने भविष्यवाणी गर्ने को हुन् ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 4.9K
    SHARES

  • कांग्रेस नेतृत्वमा सरकार बन्न सक्ने भविष्यवाणी गर्ने को हुन् ?

    काठमाडौं -   झन्डै दुई तिहाइ बहुमतको नेकपाको सरकार रहेको तथा संसदमा सत्तारुढ दलभन्दा अंकगणितका हिसाबले धेरै पछाडि रहेको नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ला भनेर सोच्नु पनि गलत हुन्छ ।

    तर, राजनीति र प्रेममा जे पनि हुन सक्छ भन्ने भनाइ छ । यस्तो अवस्थामा पनि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देख्नु अर्थपूर्ण राजनीतिक परिघटना हो ।

    images
    images

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउन सकिने सम्भावना औँल्याउनु र पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने संकेत गर्नुले नेपालको राजनीति धेरै पेचिलो बनिसकेको देखिएको छ ।

    कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले मंगलबार पार्टी सभापतिसँग अन्तरंग कुराकानी गरेको र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्थामा सोच्न सकिने उनको धारणा रहेको सार्वजनिक गरेका छन् ।

    ‘कांग्रेसकै नेतृत्वमा सरकार बनाऊ भनेर प्रस्ताव आयो भने छलफल गर्न सकिने कुरा हो,’ सभापति देउवाको धारणा उद्धृृत गर्दै बुधबार प्रकाशित नयाँ पत्रिकाले श्रेष्ठको कुराकानी छापेको छ ।

    ‘अहिले कांग्रेस सरकार जान आत्तिएको होइन । अब भोलि उहाँहरूले साँच्चिकै देश चलाउन सक्नुभएन भने र कांग्रेसले एकलौटी सरकार चलाउन पायो भने त्यो वेलामा कांग्रेसले सोच्छ । कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव आयो भने हामीले अवश्य विचार गर्छौँ । अर्काको नेतृत्वमा त किन जाने र ? मैले मंगलबार सभापतिजीसँग भेटेर अन्तरंग कुराकानी नै गरेँ । र, मैले बुझेसम्म एउटा कुराचाहिँ के प्रस्ट हुनुस् भने अहिले आठवटा होइन, १५ वटा मन्त्रालय दिए पनि कांग्रेस सरकारमा जाँदैन,’ श्रेष्ठले भनेका छन् ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology