काठमाडौं– कोरोना संक्रमित भएर उपचार गराइरहेका चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।
प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जनाएका हुन्।
प्रधानमन्त्री ओलीले डा केसीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि केसीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।