आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

वाइडबडी खरिद प्रकरण : बिक्रेताले मुल्य नै बताएन, अनुुसन्धान रिपोर्ट लेखा समितिमा

वाइडबडी खरिद प्रकरण : बिक्रेताले मुल्य नै बताएन, अनुुसन्धान रिपोर्ट लेखा समितिमा

  • मिडिया डबली
  • बुधवार, कार्तिक ५ २०७७

  • 5.5K
    SHARES

  • वाइडबडी खरिद प्रकरण : बिक्रेताले मुल्य नै बताएन,  अनुुसन्धान रिपोर्ट लेखा समितिमा

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ । आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे बिक्रेता कम्पनीले जवाफ नदिएको अख्तियारले लेखा समितिलाई पठाएको पत्राचारमा उल्लेख छ । बिक्रेता एयर बसले मूल्य कूटनीतिक प्रक्रियाबाट मात्र उपलब्ध गराउन सकिने जवाफ अख्तियारलाई दिएको छ । अख्तियारले पठाएको पत्रमा कूटनीतिक पहल जारी रहेको उल्लेख छ ।


    समितिले असोज ८ गते वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिनको प्रगति विवरण माग गरेको थियो । समितिको माग अनुसार अख्तियारले वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिन प्रगति विवरण समितिलाई पठाएको समिति सचिव डा। रोजनाथ पाण्डेले जानकारी दिए।


    एयर बससँग वाइडबडी खरिदमा अनियमितता भएको भन्दै समितिले समेत छानबिन गरेको थियो । समितिले छानबिनको प्रारम्भिक जानकारीसहित विस्तृत अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिलाई प्राप्त पत्राचार अनुसार अख्तियारले अहिले विमान खरिदको मूल्य प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको छ । हालसम्म सरोकारवाला र खरिद प्रक्रियामा संलग्न सबैको बयान अख्तियारले सकेको छ । यस्तै खरिद प्रक्रियाको कागजात परीक्षणको काम भइरहेको जवाफ अख्तियारले समितिलाई पठाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:४३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend