काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल अर्थमन्त्री बनेका छ्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले उनलाई अर्थमन्त्री नियुक्त गरेकी हुन्।
यसअघिका अर्थमन्त्री डा युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो। यस्तोमा अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा थिए। उनले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्। प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री भएका हुन्। उनी बुटवल प्रदेश ५ को राजधानी बनाउने प्रयासमा छन्। अन्तिममा प्रधानमन्त्री ओलीसँग राजधानी दाङ सार्नका लागि मन्त्री पद साटफेर गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।