शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डाक्टर केसीको अवस्था जटिल बन्दै : सास फेर्नै गाह्रो हुन थाल्यो

डाक्टर केसीको अवस्था जटिल बन्दै : सास फेर्नै गाह्रो हुन थाल्यो

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 6.4K
    SHARES

  • डाक्टर केसीको अवस्था जटिल बन्दै : सास फेर्नै गाह्रो हुन थाल्यो

     काठमाडौं - चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ । चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् । उनलाई आइतबार दिउँसो ११ बजे सास फेर्न असजिलो भएपछि फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिइएको छ ।

    सास फेर्न गाह्रो भएको बेला एसपी ओटू (अक्सिजनको स्तर) घटेर ९०–९१ प्रतिशत भएपछि अक्सिजन दिन थालिएको हो । सास फेर्न असजिलो हुने, अक्सिजन आवश्यक पर्ने र बेलाबेला मुटुको चालमा गडबडी हुने अवस्थालाई हेरेर आईसीयूमा भर्ना हुन सल्लाह दिँदा भने डा। केसीले अस्वीकार गरेको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा। सुवासप्रसाद आचार्यले भने ।

    ‘कुनै पनि व्यक्तिको होस रहुन्जेल जतिसुकै राम्रो नियत भए पनि चिकित्सकले बलजफ्ती गर्न मिल्दैन । होस नभएको स्थितिमा मात्र आफ्नो निर्णय लिन सकिन्छ,’ उनले भने । १९ औं सत्याग्रहमा रहेका डा। केसीको बीचबीचमा मुटुको तीव्र धड्कन हुने समस्या देखिएको छ । छाती, मांसपेशी दुख्ने र बाउँडिने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या पनि बढेका छन् । पछिल्लो रगत परीक्षणअनुसार ब्लड सुगर धेरै कम छ । सिरम इलेक्ट्रोलाइट्स ९सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस० कमी देखिएको छ ।

    शरीरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुँदा मुटुको चालमा, सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर परी होस कम, छारे हुन सक्ने डा। आचार्यले बताए । ‘मुटुको चालमा गडबडी भएर कार्डियाक अरेस्ट ९एक्कासि मुटुले काम गर्न छोड्नु० सम्म हुने सम्भावना हुन्छ,’ उनले भने, ‘उहाँको स्वास्थ्य स्थितिप्रति सबैको थप चासो आवश्यक छ ।’ डा। केसीले ‘इलेक्ट्रोलाइट्स रिप्लेसमेन्ट’ लगायतका अन्य तरल पदार्थ लिन अस्वीकार गरेका छन् ।

    उनको रगतमा सेता रक्त कणिकाको संख्यासमेत कम भएकाले संक्रमणसम्बन्धी जोखिम उच्च छ । कोभिड–१९ को बढ्दो संक्रमण र अन्य संक्रमणको जोखिमका कारण हाल आगन्तुकलाई डा। केसीसँग भेटघाट गर्न रोक लगाइएको छ । सास फेर्दा उत्पन्न हुने आवाज डा। केसीको दाहिनेपट्टि तल्लो भागमा कमी पाइएको छ ।

    ईसीजी र छातीको एक्सरे भने सामान्य छ । आपत्कालीन अवस्था नआओस् भनेर नसा खुल्ला राख्न नर्मल सलाइन चढाइराखिएको छ । आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०६:३७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend