शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

अनसनरत डाक्टर गाेविन्द केसीकाे मागमा नेविसंघकाे ऐक्यवद्धता

अनसनरत डाक्टर गाेविन्द केसीकाे मागमा नेविसंघकाे ऐक्यवद्धता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 5.6K
    SHARES

  • अनसनरत डाक्टर गाेविन्द केसीकाे मागमा नेविसंघकाे ऐक्यवद्धता

    काठमाडाैं - चिकित्सा शिक्षा सुधार लगायतका बिभिन्न माग गर्दै १९ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यावस्था कमजोर बनेको छ। दुई दिन अघि साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका डा. केसीको यो पटकको सत्याग्रहको आज १२ औं दिन पुगेको छ।

    चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीका मागमा नेपाल विद्यार्थी संघले ऐक्यवद्धता जनाएको छ। नेविसंघको नेतृत्वले आज अनसन स्थलमै पुगेर सत्याग्रहमा ऐक्यवद्धता रहेको जनाएको हो।

    ‘चिकित्साशास्त्र शिक्षा सुधारसंगै यो मुलुकको सुधारका निम्ति आमरण अनसनरत डाक्टर के सि को सत्याग्रह प्रति हाम्रो एकेवादद्ता छ,’ नेविसंघका महामन्त्री दीपक भट्राईले भने, ‘सम्पूर्ण माग पुरा गर्दै डाक्टर केसीको जीवन रक्षाका लागि यो सरकार संवेदनशील बनोस्।’

    यसपटकको सत्याग्रह जुम्लामा थालेका डा. केसीको स्वास्थ्यावस्था कमजोर बनेपछि सरकारकै बलमा नेपालगञ्जबाट काठमाडौं ल्याइएको थियो। त्यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उपचारका लागि भन्दै जवरजस्ती ट्रमा सेन्टर लगेको थियो। प्रहरीको व्यवहारको चौतर्फी आलोचना भएपछि उहाँ मंगलबार साँझै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। 

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०६:०८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend