शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

डा. गोविन्द केसीको समर्थनमा माइतीघर मन्डलामा प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा माइतीघर मन्डलामा प्रदर्शन

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 5.7K
    SHARES

  • डा. गोविन्द केसीको समर्थनमा माइतीघर मन्डलामा प्रदर्शन

    काठमाडौँ- स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले माइतीघर मन्डलामा  प्रदर्शन गरेका छन् । जुम्लामा १९ ‌औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) छन् । 

    सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनमा अनसनको २० औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखएकोमा प्रदर्शनकारीहरुले खेद जनाएका थिए ।

    उनीहरुले अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा हुनुहुन्छ । 

    केसीको स्वास प्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पुरा गरी केसीको माग पुरा गर्न माग गरिएको हो । माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:२७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend