शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

काठमाडौंमा सुरू भयो लोडसेडिङ तालिका, भोलि ५ घण्टा बिजुली जाँदै

काठमाडौंमा सुरू भयो लोडसेडिङ तालिका, भोलि ५ घण्टा बिजुली जाँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 28.8K
    SHARES

  • काठमाडौंमा सुरू भयो लोडसेडिङ तालिका, भोलि ५ घण्टा बिजुली जाँदै

    काठमाडौं- भोलि (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले जानकारी दिँदै भोलि ५ घण्टाका लागि बत्ती काटिने बताएको हो ।

    प्राधिकरणका अनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रका स्थानमा बत्ती काटिने भएको हो ।

    लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने बताएको छ ।

    त्यस्तै, गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीसँगै बालाजु वितरण केन्द्र अन्तर्गतका स्थानहरुमा पनि बत्ति काटिने छ ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend