काठमाडौं- आइतबार्र एक फेसबुक पेजले कुलमान घिसिङको धर्मपत्नी भन्दै एक युवतिको फोटो पोष्ट गर्याे ।
‘नेपाली न्युज’नामक पेजको उक्त फोटोको क्याप्सनमा लेखिएको थियो, ‘नेपालको रियल हिरो कुलमान घिसिङ र उहाँको धर्मपत्नी लाई कति लाइक ? हेरौँ ’
विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक घिसिङसँग राखिएको उक्त युवती वास्तममा उनकी पत्नीको थिएन ।
ती युवती गायिका तथा फिल्म निर्मात्री छिमी मान्मा तामाङ हुन् । यसरी जानकारी बीना फेसबुक पेजको लाइक र कमेन्ट बटुल्ने मनशायले आफ्नो फोटो दुरुपयोग गरेको भन्दै गायिका छिमीले आक्रोश व्यक्त गरेकी छन् ।
उनले यसरी फेक सुचना प्रर्वाह गर्ने ‘नेपाली न्युज’ नामक फेसबुक पेजलाई कारबाही गर्न माग गरेकी छन् । गायिका छिमी र घिसिङ साइनोले साली–भेना हुन् । तीन वर्षअघि दशैँका बेला भेट हुँदा खिचेको उक्त तस्बिर आफ्नो फेसबुकबाट डाउनलोड गरेर आफ्नो जानकारी विना गलत प्रचार गरेको उनले बताएकी छन् ।
घिसिङकी पत्नी दीपा तामाङ हुन् । उक्त फेसबुक पेजको पोष्टबाट पाठकमा गलत सुचना प्रवाह नहोस् भन्ने ध्येयले गायिका छिमीले आइतबार घिसिङ र उनकी पत्नी दीपाको समेत तस्बिर शेयर गरेकी छन् ।
गायिका छिमीले आफ्नो फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘कुलमान घिसिङज्यूको धर्मपत्नी यहाँ हुनुहुन्छ, सबैलाइृ जानकारी होस् । सत्यतथ्य नबुझी यसरी अरुको फोटो दुरुपयोग गरेर जनतालाई भ्रम छरेर पेज लाइक बढाउनेहरुलाई कानुनी कारबाही हुनुपर्यो ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।