काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सीडीओ र जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञवालीविरुद्ध मुद्धा दर्ता भएको हो ।
आयोगमा सोमबार डा. गोविन्द केसीका समर्थकले शान्तिपूर्ण प्रर्दशनका क्रममा बल प्रयोग गरेको र पक्राउ परेकालाई बिनाकारण बन्दी बनाइरहेको भन्दै उजुरी दर्ता गराएका हुन्।
प्रितम सुवेदी, पुकार बम, सचिन तिमल्सिनालगायतले सोमबार आयोगमा उजुरी दर्ता गरेका हुन्। बिनाहातहतियार भेला हुन पाउने संविधानको अधिकार र व्यक्तिको मानव अधिकार खोस्ने अधिकार सिडियोलाई नभएको उनीहरुको उजुरीमा उल्लेख छ।
मानव अधिकार हननमा संलग्न दाहाल र ज्ञवालीलाई कारबाही गर्न उनीहरुको उजुरीमा माग गरिएको छ। शनिबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनको कार्यक्रममा प्रहरीले भेला भए लगत्तै नियन्त्रणमा लिएर बलजफ्ती गरी गाडीमा राखेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।