आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेकपाकै मिलेमताेमा देशमा अनेकाैं काण्ड, कांग्रेस नेता महरले गरे पर्दाफास

नेकपाकै मिलेमताेमा देशमा अनेकाैं काण्ड, कांग्रेस नेता महरले गरे पर्दाफास

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 4.7K
    SHARES

  • नेकपाकै मिलेमताेमा देशमा अनेकाैं काण्ड, कांग्रेस नेता महरले गरे पर्दाफास

    काठमाडौं- नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले नेकपाको सरकार काण्डहरुको चरमचुलीमा फसेको बताएका छन् ।

    नेता महरले कोरोना भाइरसको माहामारीका कारण देश संकटमा परेका बेला नेकपाको सरकार असफलहुँदै काण्डमा मात्रै फसेको बताएका हुन् ।

    उनले, कोरोनाको कारण तरकारी उपभोक्तादेखि कोरोनाको परीक्षण गर्ने ठाउँसम्म सरकारले काण्डमच्चाएको बताएका हुन् ।

    प्याज टमाटरको कालोबजारी नेकपाकै संरक्षणमा भइरहेको  एवं गोविन्द केसीको सत्याग्रहको आज १४ औं दिन भइसक्दासमेत सरकारले माग पुरा नगर्दा उनको स्वास्थ्य अवस्था दिनदिनै खुस्किरहदासमेत सरकारको ध्यानाकर्षण नभएकोमा उनले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    सरकारका मन्त्री र मतियारहरुका अभिव्यक्तले बलात्कारिलाई प्रसय मिलेको उनको भनाइ छ ।  महरले बझाङमा भएको बलात्कारपछिको हत्या घटनाले निर्मला हत्याकाण्डको पुनरावृत्ति गराएको बताए । 

    हिरासतमा युवकको मृत्युु प्रकरणको दोषी राज्य स्वयं बनेको उनको आरोप छ । सो घटना मृत्यु हो कि हत्या भन्नेकुरा समेत सरकारले अहिलेसम्म पत्ता लगाउन नसक्नु अत्यन्तै गम्भीर बिषय भएको नेता महरको भनाई छ । 

    धनुषा प्रहरी हिरासतमा रहेका २२ वर्षीय शम्भू सदा मुसहर राति शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको घटना, रौतहटको गरुडा नगरपालिका ८ का १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्युको घटना, कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित ‘सी गाउँ’ का ४५ वर्षीय अमरबहादुर चन्दले प्रहरी हिरासतमा घाँटी रेटेर आत्महत्याको घटना,  रौतहट गरुडा नगरपालिका वडा नं। ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या अभियोगमा पक्राउ परेका विजय महराको प्रहरी हिरासतमा यातना दिएपछि सिकिस्त भएका उनको उपचारको क्रममा मृत्यु  जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका धनगढीका १९ वर्षका रोशन बिकको आत्महत्याको घटना पनि शंकास्पद रहेकोमा पनि सरकारले जनतालाई जवाफ दिन नसकेको नेता महरको आरोप छ । 

    आन्दोलन र शान्तिपुर्ण विरोधमा प्रहरी हस्तक्षेप भइरहेकोमा मानव अधिकारको गम्भीर उल्लंघन भएको उनले बताए । नेकपाकै लापरवाहीका कारण काठमाडौं उपत्यकाका आठ वटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिनु मानवविरोधी घटना भएको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:४३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend