पूर्वी लद्दाखमा भारत र चीनबीच विवाद बढ्दो छ । यसबीच अब, हिउँदको समय आउन लागेको छ ।
उच्च हिमाली भेग भएर यहाँको तापक्रम माइनस ५० डिग्रीसम्म पुग्ने गरेको बताइन्छ ।
यतीबेला यहाँ सैनिकहरुबीच झडपको सम्भावना निकै न्युन हुन्छ । यद्यपी भारतले भने आफ्नो उच्च सुरक्षाका लागि लद्दाखमा माइनस ४० डिग्री सेल्सियसको तापक्रममा संचालन गर्न सकिने ट्यांकहरु तैनाथ गरेको छ ।
जाडोमा अब, हिउँका कारण यहाँका सबैजसो सडक बन्द हुन्छन्। त्यसकारण जाडोभर चाहिने खाद्यान्न, गोली गठ्ठा लगायतका आवश्यक सामग्री सीमा क्षेत्रमा भारतले पठाइरहेको छ ।
जाडोमा यो क्षेत्रमा निकै नै समस्या हुने गर्छ । यद्यपी हाल दुई देशबीच सम्बन्ध निकै खराब अवस्थामा रहेका कारण भारतले कडा हतियारहरु लद्दाखमा तैना गरिरहेको छ । भारतीय अधिकारीहरुले अब चिनियाँ सेनाले भारतीय सीमामा घुस्न खोजे गोली चलाउने जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।