शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डाक्टर गाेविन्द केसीकाे स्वास्थ्य अवस्था गम्भिर बन्दै

डाक्टर गाेविन्द केसीकाे स्वास्थ्य अवस्था गम्भिर बन्दै

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 6.0K
    SHARES

  • डाक्टर गाेविन्द केसीकाे स्वास्थ्य अवस्था गम्भिर बन्दै

    काठमाडाैं - चिकित्साशास्त्र क्षेत्रको बेतिथि विरुद्ध आमरण अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै गएको छ। चिकित्सकहरुका अनुसार डाक्टर केसीको हाट खुट्टा बाँउडिने समस्या देखिन थालिसकेको छ।

    गत शुक्रबार भिडियो सन्देश मार्फत प्रधानमन्त्रीलाई आफ्ना माग पुरा गर्न आग्रह गरे पनि सरकारको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन। डाक्टर केसीले २९ भदौमा जुम्लाबाट अनशन सुरु गरेका थिए । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि नवौँ दिन काठमाडौं आएका उनले शिक्षण अस्पतालमै अनशन जारी राखेका छन् ।

    उनलाई सरकारले प्रहरी प्रयोग गरेर ट्रमा सेन्टर राखेको थियो चौतर्फी विरोध गरेपछि टिचिङ सारिएको हो। डाक्टर केसीको समर्थनमा दिनदिनै काठमाडौं लगायत देशभर प्रदर्शन जारी छ। उता सोलिडारिटी फर डा. केसी एलायन्सले पनि उनको जीवनरक्षाको माग गरेको छ ।

    संयोजक डा.जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न थप कडा आन्दोलनका कार्यक्रम ल्याउने बताएका छन् । जनस्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा. केसीले १९औँ सत्याग्रह सुरु गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०६:३७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend