आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको विशेष

चीनसँग थुरुरु भयो कम्युनिष्ट सरकार, हुम्लामा सीमा मिच्दा पनि बोल्न सकेन !

चीनसँग थुरुरु भयो कम्युनिष्ट सरकार, हुम्लामा सीमा मिच्दा पनि बोल्न सकेन !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 6.7K
    SHARES

  • चीनसँग थुरुरु भयो कम्युनिष्ट सरकार, हुम्लामा सीमा मिच्दा पनि बोल्न सकेन !

    काठमाडौं -  नेपालका बिभिन्न ठाउहरु मिचेको लिपुलेक, कालापानी क्षेत्र समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरिसकेको छ। नक्सामा ति भूभाग समेटिए पनि अझै भूगोल र भावना समेटिन सकेको छैन।

    चीनले अहिलेसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन। यता, हुम्लामा भने चीनले नै नेपाली भूमि अतिक्रमण गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ।

    हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चामा चिनले नौ वटा ठूला व्यवसायिक भवनहरुको निर्माण अन्तिम चरणमा पुर्याएको छ भने २ वटा केही वर्ष पहिले नै बनाएको थियो। चीनले संरचना बनेकै ठाउँमा नेपाल र चीनको सीमा स्तम्भ (११ नम्बर पिल्लर) रहेको दाबी नेपाली पक्षको छ।

    चिनले अहिले पनि धमाधम भवन बनाइरहेको छ भन्ने खबर पाएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा ७ जनाको टोली गत हप्ताको शुक्रबार त्यस तर्फ गयो। जिल्लाका सुरक्षा समितिका प्रमुखहरु र नाम्खा गाउँपालिकाका प्रमुख विष्णुबहादुर लामा आइतबार लाप्चा पुगेर अहिले फर्कँदै छ।

    ‘सिडियो सापहरु जिल्लाबाट शुक्रबार नै आउनु भएको हो,’ गाउँपालिका प्रमुख लामाले भने, ‘यहाँ बाट चाहीँ म पनि सगैँ गएँ आइतबार माथि गएर आइतबार नै तल झरेका हौँ।’ गाउँपालिकाका अध्यक्ष लामाले चीनले दुई देशको सीमामा रहेको पिल्लर फालेर भवन बनाएको बताए पनि नेपाल सरकारले केही गर्न सकेन। उल्टै चीनलाई साथ दिँदै कतै सीमा विवाद विवाद भन्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्याइहाले।

    चिनियाँ दूतावासले चीनले नेपालको भूमिमा नभई आफ्नै भूमिमा भवन बनाएको दाबी गरेको भोलीपल्ट परराष्ट्रमन्त्री ज्ञवालीले चीनकै समर्थनमा अभिव्यक्ति दिएका हुन्। नेपाली चिनिया अधिकारीहरुसँग छलफलका लागि नभई बोर्डरको निरीक्षणका लागि गएको थियो। ‘हाम्रो टोली खास त्यहाँ बोर्डर हेर्नका लागि मात्रै गएको थियो। हाम्रो १२ नम्बर पिल्लर र ११ नम्बर पिल्लर लाप्चामै हो,’ उनले भने, ‘अहिले ११ नम्बर पिल्लरको नाम निसानै छैन।

    १२ नम्बर चाहीँ यथावत छ। ११ नम्बरको पिल्लर नहुँदा भवन बनाएको क्षेत्र उता पर्छ कि यता पर्छ भनेर दाबीका साथ भन्न सक्ने अवस्था छैन। उनीहरुले त नक्सा देखाउँदै यो भूभाग हाम्रो हो। त्यही भएर भवन बनाएका हौँ भने।’ उनले त्यस क्षेत्रमा के कसो भइरहेको छ भनेर नेपाल सरकारको तर्फबाट अहिलेसम्म कुनै खोजी नभएको बताए।

    ‘यो ठाउँमा छ ११ नम्बरको पिल्लर भनेर नक्सामा मात्रै देखिएको हो’ उनले थपे, ‘नेपाल सरकारको तर्फबाट यहाँ के कसो छ भनेर अहिलेसम्म कसैले हेरेको, चासो दिएको छैन।’ केही वर्ष अघिसम्म लाप्चा क्षेत्र दुवै देशले बेबारिसे छोडेको ठाउँ रहेको उनी सम्झन्छन्। ‘त्यो ठाउँ केही वर्ष अघिसम्म दुवै देशले वास्ता नगरेको बेवारिसे ठाउँ थ्यो,’ उनले भने, ‘अहिले चीनले बोर्डर चेकपोष्ट बनाएको छ। सेना प्रहरी राखेको छ। हाम्रो तिर केही न केही।’

    नेपाल चीनको सीमाबाट २०६६ सालमा नेपालले सडक खन्न खनेको छ। चीन तर्फबाटै डोजर एक्साभेटर ल्याएर नेपाल तर्फ सडक खनिएको हो। नेपाली टोलीले चीनले अहिले भवन बनाएको क्षेत्र भन्दा उता २.५ किलोमिटर चिनतर्फबाट बाटो खन्न सुरु गरेको थियो। त्यति बेला त्यसलाई नै नेपालको सीमाना भनिएको थियो।

    ‘हामीले २०६६ सालमा त्यहाँबाट नेपाल तर्फ बाटो खन्न सुरु गरेका हौँ। अहिले १०५ किलोमिटर खनिसकिएको छ। गाडीहरु गुडिरहेका छन्,’ उनले भने, ‘त्यो बेला बाटो खन्ने मेसिन सबै उतै चीनबाटै ल्याइएको हो। अहिले चीनले बनाएको भवन भन्दा साँढे २ किलोमिटर उतैबाट खनेका हौँ। त्यही ठाउँलाई सीमाना भनिएको थियो।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:४३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend