काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।
कोइराला प्राधिकरणको सिनियर १२औं तहका अधिकृत हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । विद्युत प्राधिकरणमा प्रायः इन्जिनियर पृष्ठभूमिका कर्मचारी कार्यकारी निर्देशक नियुक्त हुँदै आएका छन् ।
तर, यसपटक चार्टर्ड एकाउन्टटेन्ट (सीए) लाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । प्राधिकरण प्राविधिक क्षेत्रको कम्पनी हो । कुलमान घिसिङ जसले लोडसेडिङलाई एकादेशको इतिहास बनाइदिए त्यस्ता कर्मचारीले हाँकेको प्राधिकरणको कुर्सीमा कस्ता व्यक्ति आउलान् भन्ने चासो सर्वत्र देखिएको छ ।
बुधबार बिहानैदेखि कुलमानको पक्षमा राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा सरकारको विरोध भइरहेको छ । कुलमान घिसिङले छाडेको कुर्सीमा बस्ने व्यक्ति कोइराला एकदमै अनुभवी र प्राधिकरणमा भद्र कर्मचारीका परिचय बनाएका व्यक्ति हुन् । उनी मोरङको विराटनगर निवासी हुन् । कोइरालाका छोराछोरी सबै उच्च अध्ययनका क्रममा विदेशमा छन् ।
कुनै लोभमोह नभएको, सधैं प्राधिकरणको विकासमा मात्र चिन्तित रहने कर्मचारीको छवि बनाएकाले पनि कोइरालाले जिम्मेवारी सम्हाल्दा प्राधिकरणका अधिकांश कर्मचारी खुसी नै देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।