शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

लोडसेडिङ हटाएका कुलमानलाई ओलीले निरन्तरता त के भेट समेत दिएनन्, यस्तो रहेछ कारण 

लोडसेडिङ हटाएका कुलमानलाई ओलीले निरन्तरता त के भेट समेत दिएनन्, यस्तो रहेछ कारण 

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 6.8K
    SHARES

  • लोडसेडिङ हटाएका कुलमानलाई ओलीले निरन्तरता त के भेट समेत दिएनन्, यस्तो रहेछ कारण 

    काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको हिजो मध्यरातिबाट सकिएको छ। अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जुन सम्भावना न्युन छ ।

    सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । त्यसैले गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन । कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । त्यसपछि कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

    घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

    विश्वस्त स्रोतका अनुसार कुलमान घिसिङले ओलीलाई पटक पटक भेट्न खोजे तर पाएनन् । उनी भेट मिलाउन शक्तिकेन्द्र निकै धाएपनि नसक्नुमा ओलीले उनलाई निरन्तरता नदिने मनशाय राख्नु पनि हो । ओली उनको कतिपय कार्यशैलीप्रति असन्तुष्ट थिए । जुन निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा बोलेर दर्शाएका थिए ।

    सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार खुशी भएन । कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend