काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिन लागेको हो ।
कुलमानले नियुक्ति हुँदा काठमाडौंमा १८ घण्टा लोडसेडिङ हुने गरेका थियो । तर, उनले कार्यभार सम्हालेसँगै काठमाडौंलाई लोडसेडिङमुक्त पारेका थिए । देशभर नै उनको योगदानले लोडसेडिङ हृन छोडेको भन्दै सर्वसाधरणले उनकै नियुक्ति हुनुपर्ने माग राखेका छन् ।
उर्जा मन्त्रालयले समेत वर्षमानकै पुर्ननियुक्तिको प्रस्ताव तयार पारेको छ । कुलमानलाई नै दोस्रो कार्यकालका नियुक्त गर्न प्रस्ताव सोमबारको मन्त्रीपरिषद्को बैठकमा लगिने भएको छ ।
त्यसकारण प्राधिकरणका नयाँ कार्यकारी निर्देशकमा कुलमान नै नियुक्त हुन्छन् या अरु हुन्छन् भनेर निर्णय भोलि हुने भएको छ । सरकारले कुलमानलाई नदोहोर्याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्याउन दबाव छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।