काठमाडौं- २०७३ भदौ २९ मा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदै छ। आइतबार कार्यकाल सकिन लागेका कुलमानको पुर्नंनियुक्ति होला कि नहोला भनेर सर्वसाधारणले समेत निकै चासो देखाएका छन् ।
यद्यपी, उर्जा मन्त्रालयले भने प्राधिकरणमा पुन कुलमानलाई नै नियुक्ति दिने गरी प्रस्ताव तयार पारेको छ। उर्जामन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषदको बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि कुलमानको नाम प्रस्ताव गर्ने भएका छन् ।
त्यसपछि मन्त्रिपरिषद्ले उनको नियुक्तिको टुंगो लगाउँने छ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा कुलमानको नाम प्रस्ताव नभए आगामी अर्को बैठकमा हुने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।