शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

मन्त्रीपरिषद्को बैठक स्थगित, कुलमान घिसिङको निरन्तरताका विषयमा भयाे यस्तो निर्णय

मन्त्रीपरिषद्को बैठक स्थगित, कुलमान घिसिङको निरन्तरताका विषयमा भयाे यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 5.5K
    SHARES

  • मन्त्रीपरिषद्को  बैठक स्थगित, कुलमान घिसिङको निरन्तरताका विषयमा भयाे यस्तो निर्णय

    काठमाडौं- नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बिहीबारका लागि तोकिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ । 

    मन्त्रिपरिषदको आगामी बैठकले सरकारको प्रवक्ता तोक्ने, विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेलगायतका विषयमा निर्णय गर्ने भएको छ ।

    त्यसकारण अब, भोलि बस्ने सुचनाका आधारमा आज स्थगित भएको मन्त्रीपरिषद्को बैठक महत्वपूर्ण रहेको छ ।

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएको छ । त्यस्तै विद्युत प्राधिकरणका प्रमुख घिसिङको चार वर्षे कार्यकाल पनि भदौ २९ मा सकिन लागेको छ ।

    नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएको बेला प्राधिकरण सम्हाल्न पुगेका घिसिङले नेपाललाई लोडसेडिङ मुक्त पारेका थिए। उनलाई पुन विद्युत प्राधिकरणको प्रमुख बनाउन सरकारलाई चर्को जनदबाब छ। 

    त्यसकारण कुलमानलाई नै निरन्तरता दिइने सम्भावना रहेको छ । अब, भोलि मन्त्रीपरिषद्को बैठक बसेको खण्डमा यसको टुंगो लाग्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend