काठमाडौं- शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार वर्ष थप गर्न प्रस्ताव लैजाने भएका छन्।
शुक्रबार साँझ बस्ने ठानिकएको मन्त्रिपरिषद्को बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी भइसकेको बताइएकको छ।
कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, सोमबार सकिँदै छ। पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङको अर्को एक कार्यकाल थप गर्न नागरिक तहबाट पनि आवाज उठेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।