शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

अन्ततः विद्युत प्राधिरकणमा कुलमान नै दोहोरिने पक्का! 

अन्ततः विद्युत प्राधिरकणमा कुलमान नै दोहोरिने पक्का! 

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 6.2K
    SHARES

  • अन्ततः विद्युत प्राधिरकणमा कुलमान नै दोहोरिने पक्का! 

    काठमाडौं–नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ।

    घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको खबर आजको राजधानी दैनिकले लेखेको छ। 

    चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा प्राधिकरण प्रवेश गरेका कुलमान घिसिङको कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्व चयनको विषयले सबैतिर व्यापक चर्चा पाएको छ।

    आगामी २९ भदौमा सकिन लागेको घिसिङको कार्यकाललाई लिएर सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्ताले समेत घिसिङको कार्यकाल थप गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

    चार वर्षअघि करिब नौ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार चार वर्ष नाफामा गएको छ।

    ऊर्जामन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बताएको छ । यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको बताइएको छ।

    त्यस्तै,नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प नखोज्नुपर्ने पक्षमा रहेका छन् । जनतादेखि लिएर उच्च ओहोदाका व्यक्तिसमेत कुलमानको पक्षमा रहेकाले घिसिङलाई नै निरन्तरदिनुपर्ने पक्षमा रहेका कारण मन्त्रालयसमेत यो विषयमा सकारात्मक रहेको स्रोतले बतायो।

    दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दो¥याउन चाहन्छन् । घिसिङले प्राधिकरणको ३५औं वार्षिकसाधारण सभामा प्रसारणलाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए।

    केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहो¥याउनुपर्ने जोडदार माग हुँदै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend