काठमाडौं- करिब अढाइ वर्षको कार्यकाल सकिन लागेसँगै अर्थमन्त्री युवराज खतिवडालदे आज (शुक्रबार) बेलु्कासम्म राजीनामा दिने घोषणा गरेका छन् । २०७४ फागन १४ गते अर्थमन्त्रीको रुपमा देशले पाएका खतिवडाको पदावधी भोलि (भदौ २० गते) सकिदैछ ।
त्यसअघि, आज (शुक्रबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक अर्थमन्त्री खतिवडाका लागि सम्भवत अन्तिम बैठक हो ।
सोही बैठकमा खिचिएको यो तस्बिर भाइरल हुँदै गएको छ । तस्बिरमा प्रधानमन्त्री केपी ओली बसेका छन् भने अर्थमन्त्री खतिवडा उभिएका छन् । दुवै जनाबीच केही कुराकानी भइरहेको जस्तो देखिन्छ ।
यसअघि मन्त्रिपरिषद् बैठकबाट यस्तो तस्बिर कमै बाहिरिने गर्थे त्यहीँ कारण पनि यो तस्बिर भाइरल हुँदै गएको हो । सामाजिक सञ्जालमा भने यो तस्बिरलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । कतिपयले अर्थमन्त्रीले राजीनामा बुझाउन गएको टिप्पणी गरेका छन् ।
कतिपयँले भने शक्ति र संविधानको अधिकतम उपयोगबाट प्राप्त भएको राजकीय जिम्मेवारीबाट मुक्त हुने अन्तिम चरणमा प्रधानमन्त्री ओलीसँग भेट्दै अर्थमन्त्री युवराज खतिवडा ।’ भन्दै यो तस्बिरको टिप्पणी गरेका छन् ।
जेहोस, अर्थविद्हरुले विगतका (युवरज खतिवडालगायत) अर्थमन्त्रीहरुले देशलाई उल्लेख्य मार्गमा डोर्याउन नसकेको आरोप लगाएका छन् । त्यतिबेला हाम्रा भन्दै राम्रालाई स्थान दिइएको भन्दै चर्चामा आएका खतिवडाले अहिले राम्रो गर्न नसकेर हो या के कारणले हो ओलीकै अगाडि राजीनामा दिने भएका छन् । याे तस्बिरले जाँदा जाँदै अर्थमन्त्री निराशामा पुगेकाे संकेत गराउँछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।