आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जारि भयो काठमाडौँ उपत्यका भित्र कर्फ्यु, यस्तो छ कारण !

जारि भयो काठमाडौँ उपत्यका भित्र कर्फ्यु, यस्तो छ कारण !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 7.7K
    SHARES

  • जारि भयो काठमाडौँ उपत्यका भित्र कर्फ्यु, यस्तो छ कारण !
    फाइल तस्वीर

    काठमाडौं-  शुक्रबार अर्थात् आज  बिहान ४ बजेदेखि सुरु हुने गरि उपत्यकाको ललितपुरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

    रातो मछिन्द्रनाथको रथ तान्न निक्लिएको भीड र प्रहरीबीच बिहीबार झडप भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू लगाएको हो ।

    बिहीबार बेलुका बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।

    बिहीबार रथ तान्नेक्रममा झडप हुँदा सुरक्षाकर्मी, पत्रकार र बटुवा घाइते भएका थिए। सो प्रकरणमा प्रहरीले ९ जनालाई पक्राउसमेत गरेको छ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१२:३९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend