बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

फ्रान्स र थाइल्यान्डलगायतका अन्य मुलुकमा पाकिस्तानी आईसआईको अपराध सन्डिकेट 

फ्रान्स र थाइल्यान्डलगायतका अन्य मुलुकमा पाकिस्तानी आईसआईको अपराध सन्डिकेट 

  • एजेन्सी
  • बुधवार, भाद्र १७ २०७७

  • 4.6K
    SHARES

  • फ्रान्स र थाइल्यान्डलगायतका अन्य मुलुकमा पाकिस्तानी आईसआईको अपराध सन्डिकेट 

     बैंकक - ग्लोबल वाच एनालिसिसको एक रिपोर्ट अनुसार पाकिस्तानको खुफिया एजेन्सी आईएसआई फ्रान्स र थाइल्याण्डलगायत धेरै देशहरूमा कार्यरत पाकिस्तान अपराध सिन्डिकेट्सको सेवामा प्रयोग गरिँदै आएको छ । 

    पछिल्लो समय थाइल्यान्ड प्रहरीले एक पाकिस्तानी नागरिक बकर शाहलाई विभिन्‍न गैरकानुनी धन्दामा संलग्‍न भएको आरोपमा पक्राउ गर्‍यो । उनी पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका लागि मनी लन्ड्रिङको काम गरिरहेका थिए । 

    उनी पहिलो पटक सन् २०१२ मा अमेरिकाविरुद्धको आन्दोलनमा देखिएका थिए । त्यसपछि सन् २०१६ मा फेरि फेक पासपोर्टसहित उनलाई पक्राउ गरेको थियो । उक्त पासपोर्ट प्रकरणमा इरानी नागरिक हमिद रेजा जाफरीसहित पाँच पाकिस्तानीलाई पक्राउ गरिएको थियो । 

    उनीहरु ६ जना नै फेक ट्राभल डकुमेन्ट बनाउने गिरोहमा संलग्‍न भएको पाइएको  छ । जाफरी विभिन्‍न मुलुकको खोजी सूचीमा रहेका एक अपराधी थिए । उनलाई बेलायत, फ्रान्स, अस्ट्रेलिया र न्युजिल्यान्डको प्रहरीलेसमेत खोजिरहेको छ । 

    जाफरी र उनका ६ पाकिस्तानी साथीहरु पाकिस्तानीहरुलाई नक्कली राहदानी आपूर्ति गरिरहेका थिए भन्‍ने कुरा अनुसन्धानले पत्ता लगाएको छ । मध्य पूर्वी देशका मानिसहरुलाई युरोप र अष्ट्रेलियामा बेचबिखन गर्ने गरेकोसमेत खुलेको थियो ।

    यस अनुसन्धानको क्रममा थाई प्रहरीले हिरासतमा रहेका पाकिस्तानीमध्ये एक गोहर जमानको बाकर शाहसँग सम्बन्ध रहेको पाएको थियो । जब थाई सुरक्षा एजेन्सीले उनलाई कडा निगरानीमा राख्यो, त्यसपछि शाहले बैंककस्थित पाकिस्तानी दूतावासका पाकिस्तानी खुफिया अधिकारीहरूसँग नियमित सम्पर्क राखेको पाइएको थियो । 

    शाहको मुख्य काम भनेको पाकिस्तानीहरूको लागि स्थानीय प्रहरी, अध्यागमन, भन्सार र एयरलाइन्समा सम्भावित सम्पत्ति देखाएको र  चाई माई र माई सोत क्षेत्रमा मुस्लिम समुदायभित्र सम्पर्क विकास गर्ने थियो । 

    आईएसआई यी जिहादी प्रवृत्तिका धेरै आतंकवादि समूहहरूसँग पनि उनको सम्बन्ध रहेको र सूचना उपलब्ध गराउने गरेको पाइएको छ । 

    थाई अध्यागमनले शाहलाई पाँच वर्षका लागि कालोसूचीमा राखेको थियो र सन् २०१८ मा उनलाई पाकिस्तान पठाइएको थियो । यद्यपि उनी सय्यद बाकर अहमद जाफरीको नाममा ताजा पासपोर्टमा आईएसआई सल्लाहकारहरूको आडमा थाईल्याण्डमा छिर्न सफल भए । यद्यपि थाइल्याण्ड प्रहरीले फेरि नियन्त्रणमा लिएर अहिले उनी हिरासतमा छन् । 

    त्यस्तै एक सिन्डिकेट, जाली राहदानीहरुको आपूर्तिको लागी, फ्रान्समा परिचालन भएको पाइएको छ । फ्रान्समा यस्तै अपराध सिन्डिकेट सञ्‍चालन गरिरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend