पाकिस्तानको सिन्ध प्रान्तमा सिन्धबासीहरुले राज्यातंक र जबरजस्ती बेपत्ता पार्ने सरकारी कदमविरुद्ध प्रदर्शन गरेका छन् ।
सिन्धबासीहरुले सहिद बेहाजिर अबाद जिल्लाको क्वाजी अहमेद सहरमा उक्त प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले 'राज्य आतंक बन्द गर', 'अधिनायकवाद र सिन्धमाथिको ज्याद रोक', लगायतका नारा लेखिएका ब्यानरहरु समातेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राजनीतिज्ञहरुको अपहरण रोक्नसमेत माग गरेका छन् ।
महिनौंदेखि बेपत्ता पारिएका व्यक्तिहरुमा परिवारका सदस्यहरुसमेत सडकमा उत्रिएका थिए ।
जर्मनीमा निर्वासनमा रहेका जेएसएमएमका प्रमुख साफी बुरफातले भने, "उक्त र्याली अपहरणमा परेका राजनीतिक व्यक्तिहरुको सुरक्षित रिहाइका लागि आयोजना गरिएको हो ।"
उनले पाकिस्तानी सेना र आईएसआईले सिन्धका राजनीतिज्ञहरुलाई अपहरण गर्ने गरेको बताएका छन् । उक्त र्यालीका क्रममा पनि सातजनालाई अज्ञात समूहले अपहरण गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।