काठमाडौं- विवाद बढेसँगै बार्सिलोना क्लब छोड्ने तयारीमा पुगेका मेस्सीले क्लबको संयुक्त कोरोना परीक्षणमा सहभागिता जनाएका छैनन् ।
सोमबारदेखि प्रि–सिजनको प्रशिक्षण सुरुवात गर्नका लागि आइतबार क्लबले सबै खेलाडीको कोरोना परीक्षण गराएको थियो।
तर क्लबका कप्तान लियोनल मेस्सीले भने आइतबार कोरोना परीक्षण नगराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
मेस्सीले आफू क्लबको सदस्य नरहेको संकेत गर्न कोरोना परीक्षण नगराएको हुनसक्ने अनुमान गरिएको छ।
मेस्सीले क्लब छाड्ने घोषणा गरेपछि क्लबका अर्का खेलाडी मार्टिन ब्रेथवेट बार्साको जर्सी नम्बर १० लगाउन इच्छुक देखिएका छन्। उनले १० नम्बर जर्सी आफुले लगाउने प्रस्ताव समे गरिसेकका छन् ।
च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेपछि भने मेस्सी निकै निराश बनेका छन्। गतवर्ष मेस्सीले नेमारलाई बार्सामै ल्याउने प्रयास गरेका थिए तर क्लबले नमान्दा त्यतिबेलैदेखि मेस्सी असन्तुष्ट रहिआएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।