इस्लामावाद - पाकिस्तान प्रशासित काश्मीरमा प्रदर्शनकारीले पाकिस्तानी झण्डा हटाएका छन् । काश्मीरका एक प्रदर्शनकारीले दाडियाल शहरमा पाकिस्तानी झण्डा हटाएपछि सुरक्षाकर्मीहरूले उनलाई मार्ने धम्की दिएका छन् ।
एक भिडियोमा, कार्यकर्ता र पत्रकार तनवीर अहमदले दावी गरे कि उनले त्यो क्षेत्रबाट एक पाकिस्तानी झण्डा हटाएपछि गोप्य एजेन्सीहरुले पछ्याउँदै मार्ने भम्की दिइएको छ ।
त्यसपछि उनले फेरि अर्को पाकिस्तानी झण्डासमेत हटाएका छन् । तनबीर केही दिनदेखि भोक हडतालमा थिए र प्रशासनलाई उक्त क्षेत्रबाट सबै पाकिस्तानी झण्डा हटाउन माग गरे । स्थानीय प्रशासनले त्यसो गर्न असफल भएपछि उनले आफैंले झण्डा हटाएका हुन् ।
पछि सुरक्षा एजेन्सीहरूले उनलाई बेवास्ता गर्दै धम्की दिएका स्रोतले जनाएको छ ।
पाकिस्तानले कब्जा गरेको काश्मिरका मानिसहरूले पाकिस्तानको अवैध कब्जाविरूद्ध विरोध गरिरहेका छन् र पाकिस्तानी सेना र अन्य अधिकारीहरुलाई क्षेत्र छोड्ने माग गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।