बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

मन्त्रीलाई कोरोना देखिएपछि मुख्यमन्त्रीसहित १० मन्त्री होम क्वारेन्टाइनमा !

मन्त्रीलाई कोरोना देखिएपछि मुख्यमन्त्रीसहित १० मन्त्री होम क्वारेन्टाइनमा !

  • एजेन्सी
  • बिहिवार, भाद्र ४ २०७७

  • 9.5K
    SHARES

  • मन्त्रीलाई कोरोना देखिएपछि  मुख्यमन्त्रीसहित १० मन्त्री होम क्वारेन्टाइनमा !

    काठमाडौँ- भारतको झारखण्डका मुख्यमन्त्री लगायत क्याबिनेटका १० मन्त्री होम क्वारेन्टाइनमा बसेका छन्। एक मन्त्रीलाई कोरोना संक्रमित देखिएपछि मुख्यमन्त्रीसहित क्याबिनेटका १० मन्त्री होम क्वारेन्टाइनमा बसेका हुन् ।

    मंगलबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठकपछि तुरुन्तै स्वास्थ्य मन्त्री बन्ना गुप्ताको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई रिम्सको पेइङ वार्डमा भर्ना भएका छन्।

    मन्त्रिपरिषद्को उक्त बैठकमा खानेपानी तथा सरसफाई मन्त्री मिथिलेश ठाकुर भने उपस्थित थिएनन्। जसका कारण मुख्यमन्त्रीले मिथिलेश ठाकुर बाहेक आफु लगायत सबै मन्त्रीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

    झारखण्डमा राज्य सरकारका दुई मन्त्रीहरू लगायत धेरै पूर्व मन्त्रीहरू र विधायकहरुमाकोरोनाभाइरसबाट संक्रमित भएका छन्। भारतीय प्रहरी सेवा, भारतीय प्रशासनिक सेवाका साथै राज्य पुलिस सेवा र राज्य प्रशासनिक सेवाका अधिकारीहरु पनि कोरोनाबाट संक्रमित भएका छन्।

    यसका साथै, कोरोना संक्रमणले सीएम आवास, उच्च अदालत र सिभिल कोर्टका न्यायाधीशहरूलाई पनि असर गरेको छ, डाक्टरहरू पनि यसबाट प्रभावित भएका छन्।

    भारतमा वल्र्डाेमिटर्सको तथ्यांककाअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार १ सय ९६ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २८ लाख ३५ हजार ८ सय २२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९ सय ८० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend