कृष्ण पहाडी काठमाडौं - नेपाली कलाक्षेत्रमा यतिबेला दुर्गेश थापा हिट छन् । एक टेलिभिजन अन्तर्वार्ताका कारण उनी अहिले चर्चामा रहन सफल भएका हुन् ।
उनले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ता यति बेला सामाजिक संजालदेखि मिडियासम्मको चर्चाको बिषय बनेका छन् ।
अन्तवार्तामा उनले स्वर सम्राट नारायण गोपालका भन्दै गाएको भक्तराज आचार्यको ‘मुटु जलिरहेछ..’ र यम बरालको भन्दै गाएको रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल..’ गीत र गायन शैलीका कारण उनी अहिले चारै तिर आलोचनाको सिकार भएका छन् । कतिले उनको संगीतको ज्ञान नभएका भन्दै अपशब्द समेत बोलेका छन् ।
दुर्गेश पछिल्लो उदाहरण मात्र हुन् । यस अगाडि पनि आफ्नो बोलीका कारण कयौ कलाकारले यसरी लज्जित हुनु परेको छ ।
ति मध्य ६ कलाकारको चर्चा अहिले गर्न खोजिएको छ ।
दीपाश्री निरौला (अभिनेत्री तथा निर्देशक)
दीपाश्री निरौला केही अगाडि मात्र एक टेलिभिजन कार्यक्रममा राजेश हमाल महानायक हो र ? भन्ने प्रश्न गरेको कारण सिकार भएकी थिइन् ।
‘महानायक’को हिसावले राजेशले फिल्म क्षेत्रको पीडामा मह्लम लगाउन नसकेले उक्त पद प्रति शंका उठ्ने उनले राखेकी थिइन् । यहि बोलीका कारण दीपा सामाजिक संजालमा तारो बनिन् ।
उनले बोलेको विषयमा माफी समेत मागिसक्दा उनको उनी प्रति सर्वसाधारणको गाली रोकिएन । सामाजिक संजालमा उनलाई गालीका बर्षा भइरहे ।
उनलाई गालीबाट बचाउन सामाजिक संजालमा उनको बचाउमा धेरै कलाकार समेत उत्रिएका थिए । गालीको बर्षा अहिले बिस्तारै घट्दै आएको छ ।
पूजा शर्मा (अभिनेत्री)
अभिनेत्री पूजा शर्मा आफ्नो बोलीको कारण केही अगाडि आलोचनाको सिकार भएकी थिइन् । एक टेलिभिजनमा अन्तर्वार्तामा उनले १४ जिल्ला र ७२ प्रदेश भनेको विषय भाइरल भएको थियो । यसैका कारणले उनी सहकर्मी कलाकार, पत्रकारदेखि ट्रोलसम्मको निसानामा परिन् ।
आफूलाई देशको महँगी हिरोइनको रुपमा चिनाउँदै आएकी पूजाले देशको विषयमा सामान्य ज्ञान समेत नभएको देख्दा धेरैले कलाकारको हालत प्रति दया आएको बताए । सिंगो नेपाली कलाक्षेत्रको समेत बदनाम पूजाले गरेको चर्चा समेत भयो ।
आस्था राउत (गायिका)
गत वर्षको गायिका आस्था राउत काण्ड सायद कसैले बिर्सिएको छैन होला । उनले फेसबुक लाइभ मार्फत महिला प्रहरीलाई गाली गरिन् ।
उक्त क्रममा उनले प्रहरीलाई अपशब्द बोल्दै गाली गरेकी थिइन् । उनको उक्त भिडियो केही छिनमा भाइरल भयो । सोही कारण उनी चौतर्फी आलोचनाको सिकार भइन् ।
सबैतिरबाट आलोचना बढेपछि आस्थाले आफ्नो फेसबुकबाट भिडियो डिलिट गर्दैै क्षमा समेत मागेकी थिइन् । तर उक्त बिषय अपराधसँग जोडिन पुगेको कारण उनले ठुलै लफडाको सामना गर्नुपर्यो ।
दुर्गेश थापा (गायक तथा मोडल)
बोलीकै कारण आलोचनाको सिकार भएको पछिल्लो घटना हो दुर्गेश कान्छ । एक अन्तवार्तामा दुर्गेशले स्वर सम्राट नारायण गोपालका भन्दै गाएको भक्तराज आचार्यको ‘मुटु जलिरहेछ..’ र यम बरालको भन्दै गाएको रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल..’ गीत र गायन शैलीले उनको संगीत प्रतिको ज्ञानमा त प्रश्न उठेको छ नै ।
देशविदेशकलाकारको ज्ञान राख्नु पर्ने कलाकारमा आफ्नै क्षेत्रको ज्ञान नभएको भन्दै सामाजिक संजालमा मजाक समेत उडाए । उनको कारणले अहिले पुरै सांगीतिक क्षेत्र लज्जित हुनु चर्चा समेत गर्न थालिएको छ ।
उनको उक्त अन्तर्बार्तालाई लिएर अहिले पनि सामाजिक संजामा उनलाई गालीका बर्षा हुने गरेका छन् । ट्रोल बन्ने गरेका छन् ।
वर्षा राउत (अभिनेत्री)
लकडाउनको समय अभिनेत्री वर्षा राउत बोलीको कारण धेरै आलोचित भएकी थिइन् । एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले राष्ट्रियताको झगडाले इण्डियन साथीसँग फेस गर्न गाह्रो भएको कुरा राखेकी थिइन् ।
यो अभिव्यक्तिका कारण उनको सामाजिक संजाल लगायत सबैतिर आलोचना भयो । गालीका बर्षा कति हो कति । उनले माफी नै माग्नु परेको थियो । अहिले पनि फाट्टफुट्न उनले गाली खाने गरेकी छन् ।
करिस्मा मानन्धर (अभिनेत्री)
अभिनेत्री करिस्मा मानन्धर पनि बोलीका कारण नराम्रोसँग आलोचनाको सिकार भएकी छन् । उनी डा.बाबुराम भट्टराई अध्यक्ष रहेर नयाँ खोलिएको राजनीतिक पार्टी ‘नयाँ शक्ति पार्टी’को घोषणा कार्यक्रममा नराम्रोसँग चिप्लिएकी थिइन् ।
उद्घोषणको क्रममा बोलेको टुटेफुटेको अंग्रेजी धेरैको हाँसोको बिषय बन्यो । यही कारणले उनी मिडियादेखि ट्रोलरसम्मको निसानामा परिन् ।
सो समय करिस्मा पनि उक्त पार्टीको सदस्य थिइन् । सोही पार्टीका केही सदस्यले उनलाई अनपढ समेत समेत उठाए । पढेर डाक्टर बनेर देखाउने प्रण लिइन् र ८ कक्षाबाट पढ्न सुरु गरिन् । अहिले उनी कलेज पढ्दै छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।