आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा

पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ६ २०८२

  • 654
    SHARES

  • पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यबाट समेत नरहने  उनले विज्ञप्तिमार्फत राजीनामा दिएकी हुन् । 

    उनले विज्ञप्तिमा भनेकी छिन्, 'राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेको छु ।'

    उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू भएकोले आफू  यी सबै क्रियाकलापहरूको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन्। 

    'मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।' उनले भनेकी छिन् । 

    बाराकी ममता जसले रास्वपालाई मधेसमा एक एक गरी फूलको माला जस्तै जोडेकी थिइन् । मधेशमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन्  । तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमेश सिंहको मिलेमतोमा रविले पैसामा टिक अर्कैलाई टिकट बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन् । साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो ।

    उनले पनि पार्टीका सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा उनको प्रश्नलाई पार्टीले बेवास्ता गर्दै आएको थियो । 

    यस्तो छ राजीनामा पत्र

    मिति:- २०८२/११/६

    केन्द्रीय कार्यालय
    राष्ट्रिय स्वतन्त्र पार्टी
    काठमाडौं, नेपाल।

    विषय: साधारण सदस्यबाट समेत नरहने गरि राजीनामा सम्बन्धमा।

    श्रदेय,
    म रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतले २०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु।

     “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु।

    संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरुमाथि आंच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।

    त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।

    यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु। 

    धन्यवाद।

    भवदीया,
    ममता शर्मा
    बारा, मधेस प्रदेश ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ७ २०८२१२:४५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend