काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएलगत्तै विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गर्नेको देशव्यापी लहर नै चलेको छ ।
खासगरी इलाममा कांग्रेस सभापतिमा डम्बर खड्का निर्वाचित भएसँगै हरेक दिनजसो विभिन्न दलका नेता कार्यकर्ता सामूहिक रूपमा कांग्रेस प्रवेश गरिरहेका छन् । सोमबार मात्र माइनगर–६ मा ६० घरपरिवारका दुई सय ५० जना कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा प्रायः एमाले र माओवादी छन् । सन्त चेम्जुङ्ग, फिपराज चेम्जुङ्ग, मिलन नेम्बाङ्ग, सागर मगर, मनिहाङ्ग शेर्मा, सुवास मगर, सन्तकुमार राई, भक्त बहादुर राई, मनबहादुर राई, बिशाल लिम्बू, बसन्त लिम्बू, मिलन राई, रवीन राई, सुमन राईलगायत रहेको माइनगर–६ का सभापति पूर्णविक्रम लिम्बूले बताए ।
यस्तै, माई नगरपालिका–७ का ५० घरपरिवारका दुई सयजना कांग्रेस प्रवेश गरेका छन् । अधिकांश एमाले सम्बद्ध छन् । जसमा लक्ष्मी राई, दिलकुमार शेर्मा, सविन गुरुङ, रोशन लिम्बू, प्रेमबहादुर लकान्द्री, रमेश योङ्गहाङ्ग, दावा पासाङ्ग गोले, सन्दिप चबेगु, प्रकाश पुलामी मगर, शारदा लिम्बू, विवश लिम्बू, रामकुमारी लिम्बूलगायत छन् ।
माई नगरपालिका–१ बाट एमालेका संगठित सदस्य भक्तबहादुर फागो, शेरबहादुर राई, फूलमाया राई, जितबहादुर हादिङ, माया राई, सुवास राई, शेशेहाङ लोक्ताम, फाक्तालुग लोक्त्ताम, मंगल लोक्ताम, बलबहादुर, हर्कबहादुर राई, सुमन राई, जसपाका प्रदीप नेम्बाङ, शुक्रराज लोक्ताम, शावित्रा लोक्ताम लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनका सुरेश खजुम, योगेश खजुम, सन्त राईलगायत दुई सयजना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई कांग्रेस सभापति डम्बर खड्काले खादा ओढाएर स्वागत गरेका थिए । कार्यक्रममा महासमिति सदस्य श्याम खड्गी, चन्द्रमाया लिम्बू, माई नगर सभापति हेमबहादुर लिम्बू, क्षेत्रीय सदस्य सन्तोष गोले तामाङ उपस्थिति थियो ।
सूर्योदय नगरपालिका–९ र इलाम नगरपालिका–४ मा समेत विभिन्न पार्टीका एक सय ८० जना नेपाली कांग्रेस प्रवेश गरेका थिए । सबैलाई सभापति खड्काले स्वागत गरे ।
सुवास नेम्वाङ्गको किल्ला भत्काउदै लोकप्रिय नेता डम्बर खड्का, २५० जना कांग्रेसमा प्रवेश
कम्युनिस्टको लालकिल्ला भनेर चिनिने इलाममा कांग्रेस प्रवेश गर्नेको लर्को, डम्बर खड्काले गरे भब्य स्वागत
इलाममा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो, डम्बर खड्काको चौतर्फी चर्चा
एमाले र समाजबादीका शक्तिशाली नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश, डम्बर खड्काले गरे भब्य स्वागत






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।