इलाम - इलाममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । आइतबार देनपा ९ मा दर्जनौं जनता समाजबादी र नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशिलाई प्रमुख अतिथि काँग्रेस इलाम सभापति डम्बर बहादुर खड्काले साधारण सदस्यता दिएर पाटीमा स्वागत गरेका छन्।
नवप्रवेशीहरुमा एमाले पुर्व जितपुर गाविस उपाध्यक्ष हाल जनता समाजबादी जिल्ला सदस्य रुप बहादुर पुलामी मगर, दृघ रैका मगर जनता समाजबादी नगर अध्यक्षका प्रत्यासी तथा प्रदेश सदस्य दुर्गा सिजाली मगर जनता समाजबादी बडाध्यक्ष टंक माया मगर, नेकपा एमाले तेज कुमारी मगर साेम बहादुर मगर, दिपेश सिन्च्यरी, आइत बहादुर राई,पवित्रा मगर,केशर मगर लगायतकालाई खड्काले कांग्रेसमा प्रवेश गराएका छन् ।
देनपा ९ नेपाली काँग्रेस सभापति मातृका अधिकारीकाे सभापतित्वमा सम्पन्न शुभकामना स्वागत तथा भेटघाट कार्यक्रममा प्रदेश सदस्य गाेबिन्द गिरि जिल्ला सदस्य खडानन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
एमाले पूर्व गाविस अध्यक्ष समेत रहेका रुप बहादुर पुलामी मगरले सबै पाटी भन्दा नेपाली काँग्रेस प्रजातन्त्र र बिकासका लागि नेपाली जनताको आशा र बिगतकाे इतिहास हेर्दा यहि पाटीमा बिश्ववास भएकोले काँग्रेस पर्वेश गरेको बताए।
यसरी नै प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काले नेपाली जनताको स्वतन्त्रता र समृद्धि काँग्रेस बाट हुने बताउदै कम्युनिस्ट बाट जनताको उन्नति र प्रजातान्त्रकाेरक्षा नहुने बताउदै दुइ तिहाईकाे जनमत समेत कदर नगरी बिचमै सरकार चलाउन नसकेर भागेकोले अब सबैकाे बिश्वास काँग्रेस प्रति रहेकोले आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने उद्घोष गरेका छन् ।
सुवास नेम्वाङ्गको किल्ला भत्काउदै लोकप्रिय नेता डम्बर खड्का, २५० जना कांग्रेसमा प्रवेश
इलाममा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो, डम्बर खड्काको चौतर्फी चर्चा
कम्युनिस्टको लालकिल्ला भनेर चिनिने इलाममा कांग्रेस प्रवेश गर्नेको लर्को, डम्बर खड्काले गरे भब्य स्वागत







मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।