काठमाडौं– नेपाली चलचित्र निर्देशक देवेन्द्र पाण्डेलाई एक पछि अर्को गर्दै चलचित्र निर्देशनको अफर आउन थालेको छ । चलचित्र वान साइड लभ बाट निर्देशनमा डेब्यू गरेका पाण्डेले निर्देशन गरको चलचित्र भिलने प्रदर्शनको तयारीमा छ ।
सुपरस्टार निखिल उप्रेती, शिल्पा पोखरेल लगायतको अभिनय रहेको चलचित्र आगामी महिना देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र वान साइड लभ निर्देशन गरेर प्रदर्शन भएको केहि समय लगत्तै भिलेन पाएका पाण्डेले भिलन प्रदर्शनमा आउन पनि नपाउँदै फेरि अर्को चलचित्र पाउने भएका छन् ।
एक्शन र प्रमे कथामा आधारित अर्को चलचित्र निर्देशनका लागि पाउन लागेको पाण्डेले बताए । निर्देशन गर्नका लागि सम्झौतामा हस्ताक्षर भने भइनसकेकाले अहिले नै थप जानकारी भने दिन नसकिने उनले बताए ।
पाण्डे निर्देशित २७ पुसबाट प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ले अघिल्लो साता पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई’ सार्वजनिक गरेको थियो । अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा कपिल खत्री र अभिनेत्री शिल्पा पोखरेलले कोरका साथ नृत्य गरेका छन् । एकनारायण भण्डारीको शब्द रहेको गीतमा लालकुमार बरालले संगीत भरेका छन् ।
गीतमा कोरियोग्राफी दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको छ । गीतको अत्यमा अभिनेता निखिल एक्सन अवतारमा देखिएका छन् । द ग्लोबल पिक्चर प्रा।लि।को ब्यानरमा कपिल खत्री भिलेनको निर्माण गरेका हुन् । भिलेनमा निर्माता कपिल आफै समेत प्रमुख भूमिकामा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।