काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा चन्द्र भण्डारीले फराकिलो अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार भण्डारी १ हजार ५०७ मतसहित पहिलो स्थानमा छन्।
उपसभापति पदको खुला प्रतिस्पर्धामा मधु आचार्यले ७११ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। त्यस्तै, गोविन्द भट्टराईले ६०९ मत प्राप्त गरेका छन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापति बनेका धनराज गुरुङ भने यसपटकको मतगणनामा निकै पछाडि परेका छन्। उनले हालसम्म ४०६ मत मात्रै प्राप्त गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार भण्डारी र उनका प्रतिस्पर्धीबीच मतान्तर उल्लेख्य देखिएको छ। यद्यपि, मतगणना जारी रहेकाले उपसभापति पदको अन्तिम नतिजाका लागि भने प्रतीक्षा गर्नुपर्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।