सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बूढीगण्डकी बाढी : जगत् गाउँबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

बूढीगण्डकी बाढी : जगत् गाउँबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०८३

  • 183
    SHARES

  • बूढीगण्डकी बाढी : जगत् गाउँबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

    गोरखा - गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि नेपाली सेनाको उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको छ। सेनाले पहिरोको जोखिममा रहेको जगत् गाउँबाट ६ जनाको हवाई उद्धार गरेको छ।

    आइतबार बिहान करिब ४ः३० बजे चुमनुब्री गाउँपालिका–३, फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढी आएको थियो। बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएपछि सेनाको टोली खोज तथा उद्धारका लागि परिचालन गरिएको हो।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि हवाई तथा स्थलमार्गबाट टोली खटाइएको छ। दुवै टोलीले प्रभावित क्षेत्रको अवलोकन तथा जोखिमको अवस्था आकलन गरिरहेका छन्।

    काठमाडौंमा रहेको कम्पोजिट क्विक रेस्पोन्स टिमसमेत हवाईमार्गबाट प्रभावित क्षेत्रमा पुगेको छ। उक्त टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको सेनाले जनाएको छ।

    बाढी र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०८३१०:०९:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend