सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा भण्डारी र आचार्य अगाडि, महामन्त्रीमा पौडेलको फराकिलो अग्रता

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा भण्डारी र आचार्य अगाडि, महामन्त्रीमा पौडेलको फराकिलो अग्रता

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०८३

  • 576
    SHARES

  • कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा भण्डारी र आचार्य अगाडि, महामन्त्रीमा पौडेलको फराकिलो अग्रता

    काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। खुला उपसभापति, समावेशी उपसभापति, खुला महामन्त्री र महिला महामन्त्री पदको मतगणनामा विभिन्न उम्मेदवारले अग्रता लिएका छन्।

    खुला उपसभापतिमा भण्डारी र आचार्य अगाडि

    खुला उपसभापतिका दुई पदका लागि सात जना उम्मेदवार प्रतिस्पर्धामा छन्। १ हजार ३३० मत गणना हुँदा चन्द्र भण्डारीले ६७९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। मधु आचार्य ३९३ मतसहित दोस्रो स्थानमा छन्।

    त्यस्तै, गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्।

    समावेशी उपसभापतिमा विनोद चौधरी अगाडि

    समावेशी उपसभापतिको एक पदका लागि पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। हालसम्मको मतगणनामा विनोद चौधरीले ३८२ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ३३०, फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन्।

    महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

    खुला महामन्त्रीका दुई पदका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतगणनामा प्रदीप पौडेलले ७८८ मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएका छन्। अमरसिंह पुन ४७८ मतसहित दोस्रो स्थानमा छन् भने उदयशमशेर राणा ४५६ मतसहित तेस्रो स्थानमा छन्।

    त्यस्तै, सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।

    महिला महामन्त्रीमा डिला संग्रौला अगाडि

    महिला महामन्त्रीको एक पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. डिला संग्रौलाले अग्रता लिएकी छन्। उनले ५८३ मत प्राप्त गर्दा महालक्ष्मी उपाध्याय ‘डिना’ले ५५७ मत पाएकी छन्। संग्रौला र डिनाबीच २६ मतको अन्तर छ।

    त्यस्तै, महिला महामन्त्रीकी अर्की उम्मेदवार रीता खनालले १५३ मत प्राप्त गरेकी छन्। मतगणना जारी रहेकाले चारवटै पदको अन्तिम परिणाम आउन बाँकी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २३ २०८३०१:०७:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend