मंगलवार, भाद्र ३० २०८३Sep 15 2026

Logo
images images

कृष्णभीरमा पहिरोले अवरुद्ध सडक असोज १ देखि सञ्चालन गर्ने तयारी

कृष्णभीरमा पहिरोले अवरुद्ध सडक असोज १ देखि सञ्चालन गर्ने तयारी

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०८३

  • 174
    SHARES

  • कृष्णभीरमा पहिरोले अवरुद्ध सडक असोज १ देखि सञ्चालन गर्ने तयारी

    काठमाडौँ - पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक खुलाउने काम अन्तिम चरणमा पुगेको छ। ११औँ दिनसम्म ग्राभेलिङ, स्लोप कटिङ तथा नाली निर्माणको काम जारी रहेकाले असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

    निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार ३०० मिटर लामो र ७.५ मिटर चौडा सडक संरचनाको सब–बेस फिनिसिङको काम भइरहेको छ। सडकको परीक्षण सफल भए पनि थप जोखिमलाई ध्यानमा राख्दै हाल ट्र्याक पूर्णरूपमा बन्द गरिएको उनले बताए।

    नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले सडक सञ्चालनबारे फैलिएका भ्रममा नपर्न आग्रह गरेका छन्। थप समस्या नआए असोज १ गतेदेखि नियमित रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने उनले बताए।

    सडक पुनःनिर्माण तथा पहिरो व्यवस्थापनका लागि हाल ५–६ वटा हेभी इक्युपमेन्ट र ४०–५० जना मजदुर परिचालन गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ३० २०८३११:४०:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend