शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

बाढीको पीडामाथि अर्को जोखिम ! महिला–बालबालिकाको सुरक्षाबारे संसदमा क्रान्तिशिखाको चिन्ता

बाढीको पीडामाथि अर्को जोखिम ! महिला–बालबालिकाको सुरक्षाबारे संसदमा क्रान्तिशिखाको चिन्ता

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०८३

  • 492
    SHARES

  • बाढीको पीडामाथि अर्को जोखिम ! महिला–बालबालिकाको सुरक्षाबारे संसदमा क्रान्तिशिखाको चिन्ता

    काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले भोटेकोसी बाढीपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको बताएकी छन्।

    प्रतिनिधिसभाको बुधबारको आकस्मिक समयमा बोल्दै धितालले बाढीबाट पाँच जिल्ला प्रभावित भएको र हजारौँ नागरिक होल्डिङ सेन्टरमा आश्रित रहेको बताइन्। उनले होल्डिङ सेन्टरमा महामारीको जोखिमसमेत रहेकाले सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

    धितालले अपरिचित व्यक्तिसँग महिला तथा बालबालिकालाई एउटै स्थानमा राख्दा उनीहरूको सुरक्षा र अस्मितामाथि प्रश्न उठ्न सक्ने बताइन्।

    उनले भनिन्, ‘महिला र बालबालिकाको सुरक्षाको चुनौती बढेको छ। महिला र बालबालिकालाई असुरक्षा सिर्जना नगरौँ, जोखिम र हिंराबाट बाहिर निकालौँ।’

    महिला तथा बालबालिकालाई सम्भव भएसम्म आफ्नै परिवारसँग सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउन र उनीहरूको सुरक्षालाई प्राथमिकतामा राख्न धितालले सरकारको ध्यानाकर्षण गराइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २४ २०८३०१:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend