शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो’

‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो’

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०८३

  • 213
    SHARES

  • ‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो’

    काठमाडौं -  नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढीका कारण सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण तत्काल परिचालन गर्नुपर्ने बताइन्।

    उनले राष्ट्रिय विपत्तिको समयमा सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ।’

    सम्पर्कविहीन नागरिकका परिवारलाई राज्यको तर्फबाट सही र अद्यावधिक सूचना दिनुपर्ने बताउँदै थापाले संकटमा परेका परिवारले राज्य आफ्नो साथमा रहेको अनुभूति गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

    उनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २४ २०८३०१:५२:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend