शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’

अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०८३

  • 660
    SHARES

  • अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’

    काठमाडौं - अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यस घडीमा नेपाल एक्लो नरहेको बताएका छन्।

    अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै अल्बानिजले बाढीपछि अस्ट्रेलियाका ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। उनले बेपत्ता नागरिकका परिवार तथा आफन्तप्रति सहानुभूति व्यक्त गर्दै उनीहरू सकुशल भेटिने आशा व्यक्त गरे।

    नेपालले सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला अल्बानिजले सामाजिक सञ्जालमार्फत पनि विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य अझै जारी छ।

    अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको क्षति, उद्धार तथा बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजीबारे छलफल गरेका थिए। शाहले अस्ट्रेलियाले राहत तथा उद्धारमा गरेको सहयोगप्रति धन्यवाद दिएका थिए।

    अस्ट्रेलियाले नेपालमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न विशेषज्ञ ड्रोन टोलीसहित आवश्यक सामग्री र प्राविधिक जनशक्ति परिचालन गरेको छ। अस्ट्रेलियाली सरकारले मानवीय सहायता पनि बढाएको जनाएको छ। अल्बानिजले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग पनि निरन्तर समन्वय भइरहेको बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०८३१२:५९:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend