शुक्रवार, भाद्र २६ २०८३Sep 11 2026

Logo
images images

नेपालले नयाँ र गहिरो पाठ सिकाइरहेको छ : आर्नोल्ड डिक्स

नेपालले नयाँ र गहिरो पाठ सिकाइरहेको छ : आर्नोल्ड डिक्स

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०८३

  • 540
    SHARES

  • नेपालले नयाँ र गहिरो पाठ सिकाइरहेको छ : आर्नोल्ड डिक्स

    काठमाडौं — रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सले नेपालले आफूलाई नयाँ र गहिरो पाठ सिकाइरहेको बताएका छन्।

    सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै डिक्सले नेपालमा एकैपटक विभिन्न स्थानमा उद्धारका चुनौती देखिएको बताएका हुन्। उनले अहिलेको अवस्था आफूले यसअघि कहिल्यै सामना नगरेको परिस्थितिजस्तो रहेको उल्लेख गरेका छन्।

    सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा महत्वपूर्ण भूमिका खेलेका डिक्सले त्यहाँबाट सिकेको पाठ स्मरण गर्दै नेपालमा अहिलेको चुनौती प्राविधिक मात्र नभई मानवीय र नैतिक जिम्मेवारीसमेत भएको बताएका छन्।

    उनका अनुसार संकटका बेला सफलता निश्चित नभए पनि सही काम गरिरहनु नै कर्तव्य हो। उद्धारको मूल्यांकन कति जीवन बचाइयो भन्नेबाट मात्र नभई कसलाई त्याग्न अस्वीकार गरियो भन्नेबाट पनि हुने उनले बताएका छन्।

    डिक्सले कठिन अवस्था र अनिश्चित परिणामका बीच पनि आशालाई व्यवस्थित प्रयास, करुणालाई कर्म र जिम्मेवारीलाई निरन्तर कार्यमा बदल्नुपर्नेमा जोड दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०८३११:३६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend