आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फिर्ता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फिर्ता

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०८३

  • 804
    SHARES

  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फिर्ता

    काठमाडौं-  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत ७ चैतमा सिंगापुर उडेका उनी बिहीबार मध्याह्न काठमाडौं फर्किएका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा कांग्रेसका नेता कार्यकर्ता तथा समर्थकले स्वागत गरेका छन् । संस्थापनइतर समूहका नेताहरू देउवालाई स्वागत गर्न विमानस्थल पुगेका हुन् । देउवालाई स्वागत गर्न नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, मीन विश्वकर्मालगायत नेताहरू विमानस्थल पुगेका थिए ।

    देउवा फर्केलगत्तै शुक्रबार इतर समूहले राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे शुरू हुनेछ ।

    राष्ट्रिय भेला पूर्वसभापति देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता कार्यकर्ताहरूको उपस्थिति हुने इतर समूहको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २८ २०८३१२:५०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend