आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

थबाङमा पहिरो : घर र गोठ पुरिँदा १० जना बेपत्ता, दुईको मृत्यु

थबाङमा पहिरो : घर र गोठ पुरिँदा १० जना बेपत्ता, दुईको मृत्यु

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०८३

  • 282
    SHARES

  • थबाङमा पहिरो : घर र गोठ पुरिँदा १० जना बेपत्ता, दुईको मृत्यु

    रोल्पा- रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् । थबाङ –५ बोटलबारामा गएराति गएको पहिराले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

    घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिब २१ कोशको दुरीमा पर्दछ । पहिरोमा परेका ६ घरमा १० जना बेपत्ता भएको अहिले बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटनास्थलमा गएराति नै प्रहरी टोली परिचालित भएको छ । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरूको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २८ २०८३११:१९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend