आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सोमबार बिहान गाडी दुर्घटना हुँदा १० जना घाइते

सोमबार बिहान गाडी दुर्घटना हुँदा १० जना घाइते

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०८३

  • 300
    SHARES

  • सोमबार बिहान गाडी दुर्घटना हुँदा १० जना घाइते
    फाइल तस्बिर

    काठमान्डौ-  पाल्पामा सोमबार बिहान गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। तिनाउ गाउँपालिका-४ चिउरीडाँडास्थित झुम्सा-सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

    माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु.१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो।

    गाडीमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा गाडी चालक देवकुमार घर्तीसहित सवार सबै १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २५ २०८३१०:५१:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend